जनकपुरधाम उद्योग बाणिज्य संघलाई स्वास्थ्य सामग्री सहयोग


टुडेखोज, जनकपुरधाम : केहि संस्थाले कोरोनाबाट जोगिन जनकपुरधाम उद्योग बाणिज्य संघलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

संघको कार्यालयमा आयोजित एक समारोहबीच समानुभुती नेपाल र संयुक्त नेपाली मण्डली संस्थाले संघलाई मास्क ५ हजार थान, स्यानिटाइजर ५ लिटर, पिपिई ५ थान, अक्सिमिटर १० थान, ग्लोब्स १ सय थान, थर्मोमिटर १ थान र हेयर नेट १ सय पिस सहयोग गरेको हो ।

सहयोग सामग्री संघका अध्यक्ष जितेन्द्र महासेठलाई हस्तान्तरण गरिएको छ । आवश्यकता अनुसार स्वास्थ्य सामग्री प्रयोग गर्ने महासेठले बताएका छन् ।

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार १७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ