जसपा विवाद : यादव र ठाकुर दुवै पक्षको पावर बराबर ! हेर्नुस् निर्वाचन आयोगको निर्णय


काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०को दुबै पक्षले गरेको कारबाही अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको छ ।

दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको आयोगको ठहर छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरु जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालले चार पाने निर्णयमा हस्ताक्षर गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीमा विवाद बढेपछि उपेन्द्र यादव र महन्त ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको दावी गरेको थियो ।

प्रकाशित : २०७८ जेष्ठ ३०, आईतवार २०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ