सिरहाको सर्रे खोलामा १ करोड ७ लाखमा झोलुङ्गे पुल बन्दै, मेयर चौधरीद्वारा शिलान्यास


टुडेखोज, जनकपुरधाम : सिरहाको धनगढीमाई नगरपालिका १४ बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । मंगलवार मेयर हरिनारायण चौधरीले झोलुङ्गे पुलको शिलान्यास गरेका हुन् ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयको त्रिपक्षीय सहयोगमा करिव एक करोड ७ लाखको लागतमा उक्त पुल निर्माण हुने मेयर चौधरीले जानकारी दिए । उनका अनुसार जनप्रतिनिधि पाएसँगै उक्त स्थानमा झोलुंगे पुलको लागि प्रयास भइरहे पनि विविध प्राविधिक कठिनाईको कारणले ढिलाई हुँदै आएको थियो ।

यसअघि राईराईनी र अर्को दाउन्नेमा झोलुंगे पुल निर्माण भइसकेको छ । मेयर चौधरीले विकट क्षेमा बस्दै आएका नगरबासीको समस्या समाधान गर्न विशेष जोड दिएका छन् ।

प्रकाशित : २०७८ असार १, मंगलवार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ