तनावमा उपेन्द्र यादव, किन बोलाए कार्यकारिणी समितिको बैठक ?


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणीको बैठक बोलाएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला अत्यावश्यक छलफल गर्न भन्दै यादवले असार ३ गते साढे ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा उपस्थित हुन केन्द्रीय कार्यकारिणी समितिका सबैलाई खबर गरिएको छ । अर्का अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह अहिले सरकारमा छ ।

दव पक्षले ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गरेकोमा निर्वाचन आयोगले सदर नहुने निर्णय गरेको थियो । बैठकमा आयोगको निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने जसपा नेताहरूले जनाएका छन्।

प्रकाशित : २०७८ असार १, मंगलवार २०:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ