बाढी वितण्डा : एकैठाउँमा ७ जनाको मृत्यु, कैयौ व्यक्ति सम्पर्क विहिन


सिन्धुपालचोक : अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन ।

बाढीले अन्य बजारसमेत डुबाएकाले अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि भने भएको छैन । स्थानीय सरकार उद्धारमा जुटेका छन् ।

उद्धारका लागि हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

मेलम्चीमा आएको बाढीका कारण धेरै मानिस सम्पर्कविहीन बनेका छन् । बाढीले मेलम्ची बजार, हेलम्बुको तिम्बु बजार र चनौटे भन्ने बजार पुरै डुबानमा पारेको छ ।

प्रकाशित : २०७८ असार २, बुधबार ०९:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ