वीरगञ्जमा ट्रकबाट गाँजा बरामद, एकजना पक्राउ


टुडेखोज, वीरगञ्ज : पर्सा प्रहरीले लागुऔषध गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर, मनहरी गाउँपालिका ६ का ५१ वर्षीय रामकुमार मोक्तान रहेका छन् ।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुर सडक छेउबाट मंगलवार साँझ मोक्तानलाई ६५ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गाँजा ओसार्ने मजदुर रहेको बुझिएको छ । मुख्य गाँजा तस्कर भने पक्राउ पर्न सकेका छैन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालले सडकछेउमा रोकिराखेको बागमती प्रदेश–०१–००६ ख १८२८ नम्बरको ट्रकमा खानतलासी गर्दा ४ वटा प्याकेटमा ६५ किलो गाँजा बरामद भएपछि मोक्तानलाई पक्राउ गरिएको बताए ।

अहिले मोक्तानमाथि अनुसन्धान सुरु गरिएको र कानून बमोजिम कारबाही गरिने प्रहरीले जनाएका छ ।

प्रकाशित : २०७८ असार २, बुधबार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ