प्रदेश २ : जगदम्बा कारखानामा आगो लाग्यो, २ जनाको मृत्यु, ३ घाइते


बारा : बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते छन् । जीतपुरसिमरास्थित जगदम्बा स्टील्समा केहीबेरअघि पेट्रोल र डजेल स्टक गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रकाअनुसार भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गौड र ४५ वर्षीय रामनाथ महतोको घटनास्थलमै मृत्यु भएको हो ।घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा रहेका ६ मजदुरमध्ये एक जना सुरक्षित रहेको उनले बताए । आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन नसकेको उनको भनाइ छ । अहिले आगलागी नियन्त्रणामा आइसकेको बताइएको छ ।

प्रकाशित : २०७८ असार ५, शनिबार २१:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ