स्थानीय तहमा चाँडै महिला शाखा स्थापना गर्छु : मन्त्री चौधरी


जनकपुरधाम : महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले स्थानीय तहमा चाडै महिला शाखा स्थापना गर्ने बताएकी छन् । शनिवार जनकपुरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री चौधरीले महिला हकअधिकार, बालबालिका र जेष्ठ नागरिकका लागि मिलन केन्द्र स्थापना गर्ने बताइन् । महिला, बालकालिका र ज्येष्ठ नागरिकको समस्यालाई केन्द्र विन्दुमा राखेर आफुले काम सुरु गरेको मन्त्री चौधरीले जानकारी दिइन् ।

मन्त्री भएपछि पहिलो पटक जन्मस्थान महोत्तरी र जनकपुरमा आयोजित विभिन्न स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनु भएकी छन । जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीका नेता तथब कार्यकर्ताले मन्त्री चौधरीलाई ५१ किलोको फुलमाला लगाएर सम्मान गरेका थिए ।

सो अवसरमा उधोग वाणिज्य संघ जनकपुरले मन्त्री चौधरीलाई जानकी मन्दिर माया चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित : २०७८ असार ६, आईतवार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ