आज निर्जला एकादशी : तुलसीको बीउ रोप्‍ने दिन


काठमाडौं : आज निर्जला एकादशी । ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ ।

आज छरिएका तुलसीहरुको अंकुरण भएपछि ती बिरुवाहरुलाई पछि ठूली एकादशीमा रोप्ने गरिन्छ । निर्जला अर्थात जलबिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ ।

वर्षभरीका एकादशी तिथीको पुण्य प्राप्त हुने विश्‍वासमा आज पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।

प्रकाशित : २०७८ असार ७, सोमबार ११:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ