प्रदेश २ : गोली लागेर सेनाका जवान गम्भीर घाइते


काठमाडौं : आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन् । आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ । पोखरिया नगरपालिका वडा नम्बर ५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ । –खबरहब

प्रकाशित : २०७८ असार ७, सोमबार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ