धनुषामा अब जोर-विजोर प्रणालीमा नीजि सवारी चलाउन पाइने ! हेर्नुस् सूचना


टुडेखोज, जनकपुरधाम : कोरोना संक्रमण घटेपछि स्थानीय प्रशासनले धनुषामा निषेधाज्ञा खुकुलो पार्दै समयावधि ७ दिन थप गरेको छ । अब जनकपुरसहित धनुषा जिल्लाभर जोर गतेमा जोर र विजोर गतेमा विजोर नीजि सवारी मोटरसाइकल, ट्याक्सी र ट्याम्पु चलाउन पाइनेछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । बैठकले अब अत्यावश्यकीय पसलहरु विहान ३ बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरेको छ । तर यस अघिदेखि नै सबै पसलहरु खुल्न थालेपछि प्रशासनले कारबाही गरेका छैन ।

जिल्ला प्रशासन कार्यालयले बैंक तथा वित्तिय संस्थालाई पनि नियमित सेवा प्रवाह गर्न भनेको छ । यस्तै स्थानीय तह, सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र संस्थानहरुले भीडभाड हुन नदिई आलोपालो गरी सेवा प्रवाह गर्न पाउने भनिएको छ । हेर्नुस् निर्णयहरु :

प्रकाशित : २०७८ असार ७, सोमबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ