बालिका हत्या आरोपमा सप्तरीबाट दुई जना पक्राउ


सप्तरी : गोठाला गएकी एक बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका ३ हटेलका १९ वर्षीय रोहितकुमार यादव र राजु यादव रहेका छन् । स्थानीय रामउदगार यादवकी ९ वर्षीया छोरी शिवानीको हत्या गरेको आरोप लागेपछि उनी दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । यौन दुर्व्यवहारपछि हँसियाले घाँटी रेटेर उनको हत्या गरिएको थियो ।

प्रकाशित : २०७८ असार ७, सोमबार १६:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ