१६ डिआइजीको सरूवा, प्रदेश २ मा उमेश रञ्जितकार


काठमाडौं : गृह मन्त्रालयले १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा निकालेको छ । सोमबार मन्त्रालयले डिआइजीहरूको सरूवा निकालेको हो ।

सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ । ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ ।

प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ । उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ। यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।

प्रकाशजंग कार्कीको बागमती प्रदेश, मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण, उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ । कसको सरूवा कहाँ ? हेर्नुहोस् :

प्रकाशित : २०७८ असार ७, सोमबार १८:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ