सिरहामा करेन्ट लागेर २ जनाको मृत्यू


जनकपुरधाम : सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यू भएको छ । लहान नगरपालिका ९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।

खेतमा कल गाड्ने क्रममा १२ हजार भोल्टको तारले करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै भगवानपुर गाउँपालिका ५ लालपुरका ४५ वर्षीय देव नारायण यादवको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नो घरको मिटरको तार जोड्ने क्रममा तार सर्ट भई अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रकाशित : २०७८ असार ७, सोमबार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ