प्रदेश २ : बाख्राको मासु बेच्ने दुईजना पक्राउ


रौतहट : खसीको भन्दै बाख्राको मासु बेचेको आरोपमा रौतहट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ३ का २४ वर्षीय लाल महम्मद र वडा १ का ३० वर्षीय महमम्द नसिव पक्राउ परेका हुन् ।

गौर बजारबाट दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले बेच्दै गरेको ३५ किलो बाख्राको मासु पनि प्रहरीले बरामद गरेको छ । सर्वसधारणलाई झुक्याएर खसीको भन्दै बाख्राको मासु विक्री गरिरहेको गोप्य सूचनाको अधारमा उनी दुबैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कहिलेदेखि यसरी बाख्राको मासु विक्री गरिरहेका थिए भन्ने कुरा खुलेका छैन । प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७८ असार ८, मंगलवार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ