राजेन्द्र महतोविरूद्ध अख्तियारमा उजूरी, नागरिकता छानविन गर्न माग


काठमाडौं : उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ ।

आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो ।तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन गर्न भनेका छन् । उनीहरुले महतोको नागरिकतामाथि प्रश्न उठाएका छन् ।

अख्तियारमा महतोको नागरिकता छानविनको उजुरी सी ०३५५९६ नम्बर दिई दर्ता भएको छ । पछिल्लो समय महतोको नागरिकतबाारे प्रश्न उठाउन थालिएको छ ।

हिजो महतोलाई सिंहदरबार प्रवेश निषेध भन्दै नयाँ पार्टीले सुचना सिंहदरबारको मूलढोकामा टाँसेको थियो ।

प्रकाशित : २०७८ असार ८, मंगलवार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ