दलित युवतीलाई कोठा नदिने घरबेटी शिक्षामन्त्रीकै रोहबरमा रिहा


काठमाडौं : एक दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् ।

उनलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपमा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् । उनको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले उनलाई असार ६ गते पक्राउ गरेको थियो ।

पक्राउ परेकी घरधनीलाई छुटाउन बुधबार शिक्षामन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । मन्त्री श्रेष्ठको रोहबरमा प्रधानलाई छाडिएको छ ।

प्रकाशित : २०७८ असार ९, बुधबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ