नेपालमा कोरोना: बुधवार ८१ जनाको मृत्यू, ३५५८ जना संक्रमणमुक्त


काठमाडौं : पछिल्लो २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी ८१ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थपिएको सहित कोरोना संक्रमणबाट देशभरिमा हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना २ हजार ४ सय २१ संक्रमित थपिएका छन् । देशभर गरिएको पिसिआर परीक्षण तथा एन्टिजेन परीक्षणका क्रममा एक दिनमा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालाहरुमा गरी ७ हजार ४ सय ६१ जनाको पिसिआर विधिबाट नमूना परीक्षण गरिएकोमा १ हजार ५११ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ सय १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै सोही अवधिमा ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० पुगेको छ । ती मध्ये ४७ हजार २ सय ४६ जना होम आइसोलेसनमा छन् भने र ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : २०७८ असार ९, बुधबार १७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ