Breaking- सर्लाहीमा दुई गाउँलेबीच झडप, २० जना घाइते


सर्लाही : बरहथवा नगरपालिकामा दुई गाउँबीच कुटाकुट हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । नगरपालिका वडा नम्बर १७ पररिया टोल र वडा नम्बर १८ श्रीपुरका स्थानीयबीच बालबालिकाको झगडाको विषयलाई लिएर झडप भएको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए ।

बालबालिकाले जामुन (तराईमा पाइने एक प्रकारको फल)को विषयलाई लिएर झगडा गर्दा उनीहरूका अभिभावक आएर झगडा बल्झाएका डिएसपी भाटले बताए । आज दिउँसो भएको झडपमा दुवैतर्फका धेरै स्थानीयको टाउको फुटेको र जिउभरि चोटपटक लागेको घटनास्थलबाट डिएसपी भाटले बताए ।

झडपमा लाठी, मुङ्ग्रा, बाँसका भाटाहरू प्रयोग भएका प्रहरीले जनाएको छ । दुवैतर्फका गरी हजाराैंका संख्यामा झडपस्थलमा रहेका भाटले जानकारी दिए । यद्यपि अहिले झडप नियन्त्रणमा आएको र घाइतेलाई उपचारको प्रबन्ध भइरहेको जनाइएको छ ।

प्रकाशित : २०७८ असार ९, बुधबार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ