प्रभु साह सहभागी नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार


जनकपुरधाम : रौतहटको मौलापुर नगरपालिकाको नगर सभाको विषयमा भएको विवादका कारण दुई पक्षीबीच झडप भएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । नगरपालिकाको पाँचौं नगरसभामा नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रभु साह प्रमुख अतिथि थिए । साह पक्ष र अन्य दलका कार्यकर्ताबीच झडप भएको बुझिएको छ ।

नगर सभामा बजेट पेश गर्ने क्रममा विपक्षी पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । केहीबेर अघिसम्म चार राउन्ड अश्रु ग्यास प्रहार गरिएको प्रहरीको भनाई छ । नेता प्रभु साहकी श्रीमती रिनाकुमारी साह मौलापुरको मेयर हुन् ।

प्रकाशित : २०७८ असार १०, बिहीबार १३:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ