धनुषा राजस्व कार्यालयका कर अधिकृतविरुद्ध मुद्दा दायर


जनकपुरधाम : आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृतविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर गरिएको छ ।

कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाए । ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिनेक्रममै पक्राउ परेका थिए ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार सेवाग्राहीसँग घुस लिई सकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान क्रममा ढकालले सेवाग्राहीसँग अन्तःशुल्क समायोजन गर्ने काम सहज गरिदिने बहानामा घुस लिएको बयान दिएको दावी गरिएको छ ।

प्रकाशित : २०७८ असार ११, शुक्रबार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ