Today Khoj
Advertisement
            
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

फेसबुक ह्याकको घटना बढ्यो, ह्याकरबाट बच्न यस्ता छन् १० उपाय

टुडे खोज लेखक टुडे खोज
असार ११, २०७८, ११:२३ AM
0
फेसबुक ह्याकको घटना बढ्यो, ह्याकरबाट बच्न यस्ता छन् १० उपाय

अहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ । आज हामी तपाईंहरुलाई फेसबुक कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।

१. बलियो पासवर्ड
सबैभन्दा पहिला तपाईंले फेसबुकमा मजबुत पासवर्ड राख्नुपर्ने हुन्छ । फेसबुकले सधैं प्रयोगकर्तालाई त्यसका लागि प्रयोगकर्तालाई समेत सचेत गराउँदै आइरहेको छ । तर तपाईं हामी धेरैले भने यसलाई त्यति गम्भीरताका साथ लिइहरेका हुँदैनौँ । तर यो एकदमै जरुरी छ । अंग्रेजी ठूलो, सानो अक्षर, अंक, र चिन्हहरु सबैलाई मिश्रित रुपमा राखेर आफ्नो पासवर्ड बलियो बनाउन सकिन्छ । सम्झिन सजिलो ठानेर आफनो व्यक्तिगत सूचना तथा जानकारीसँग सम्बन्धित र अरुले सहजै अनुमान लगाउन सकिने किसिमका शब्द तथा अंक पासवर्डमा नराख्नुहोस् । त्यस्तै ईमेल, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतका विभिन्न आईडीका लागि एउटै पासवर्ड पनि नराख्नुहोस् । किन कि कुनै कारण एउटा आईडी ह्याक हुँदा ह्याकरले अन्य अकाउण्टमा समेत पहुँच बनाउन सक्छ ।

२. टु फ्याक्टर अथेन्टिकेसन
टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गरेर तपाईंले आफ्नो अकाउण्ट थप सुरक्षित बनाउन सक्नुहुन्छ । टु फ्याक्टर अथेन्टिकेसन भनेको तपाईंले फेसबुक लगईन गर्ने बेलामा पासवर्ड राखेपछि फेसबुकले तपाईंको फोनमा एउटा ओटीपी कोड (म्यासेज) पठाउँछ । र त्यो कोड राखेपछि मात्रै तपाईंले आफ्नो फेसबुक खोल्न पाउनुहुन्छ । यो फिचर प्रयोग गर्नको लागि सबैभन्दा पहिला तपाईं आफ्नो फेसबुकको सेटिङमा गएर सेक्युरिटी एण्ड लगईन भन्ने अप्सन छनौट गर्नुहोस् । यसमा टु फ्याक्टर अथेन्टिकेशन भन्ने अप्सन छ र त्यहाँ रहेको युज टु फ्याक्टर अथेन्टिकेसनमा जानुहोस् ।

अब त्यहाँ गूगल अथेन्टिकेटर प्रयोग गर्ने कि एसएमएस प्रयोग गर्ने भनेर दिइएको हुन्छ । त्यसमा हामी तपाईंलाई एसएमएसको विकल्प छनौट गर्न सुझाव दिन्छौँ । किन कि यो अलि सहज र बढी सुरक्षित हुन्छ । अब त्यहाँ आफ्नो फोन नम्बर राख्नुहोस् । त्यस पछि तपाईंको फोनमा ओटीपी कोड आउँछ । र त्यही कोडलाई त्यहाँ रहेको बक्समा राख्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकमा टु फ्याक्टर अथेन्टिकेशन एक्टिभ हुन्छ । यसबाट अब तपाईंले जुन कुनै नयाँ डिभाइसमा फेसबुक लगईन गर्दा ओटीपी कोड अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा कसैले तपाईंको पासवर्ड थाहा पाइहाले पनि ओटीपी कोड बिना फेसबुक खोल्न सक्नेछैन ।

३. ट्रस्टेड फ्रेन्ड्स
फेसबुकले ट्रस्टेड फ्रेन्ड्स अर्थात विश्वासिलो साथीलाई एड गर्ने एउटा अर्को फिचर पनि दिएको छ । त्यसमा चाहिँ तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ । कहिले काहिँ तपाईंले आफ्नो पासवर्ड र सेक्युरिटी सम्बन्धि प्रश्न तथा उत्तर बिर्सिँएको खण्डमा फेसबुकले तपाईंले एड गर्नुभएको विश्वासिलो साथीलाई एउटा ओटीपी कोड पठाइदिन्छ । र त्यो कोड बाट तपाईंले आफ्नो फेसबुक लगईन गर्न सक्नुहुन्छ । यो फिचर प्रयोग गर्नका लागि फेसबुकको सेटिङमा रहेको सेक्युरिटी एण्ड लगईन अप्सनमा जानुहोस् । अब त्यहाँ रहेको सेटिङ अप एक्स्ट्रा सेक्युरिटी भन्ने अप्सन छानेर ‘योर फ्रेन्ड्स टु कन्ट्याक्ट ईफ यू गेट लग्ड आउट’ सेलेक्ट गर्नुहोस् । र त्यहाँ चुज ट्रस्टेड कन्ट्याक्टमा थिचेपछि तपाईंले आफ्नो विश्वासिलो साथीलाई एड गर्न सक्नुहुन्छ ।

४. अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन
अघिकै सेटिङ अप एक्स्ट्रा सेक्युुरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन भन्ने अप्सन पनि छ । त्यो इनेबल गर्नुभयो भने अस्वभाविक ठाउँ वा अस्वभाविक डिभाइसबाट तपाईंको फेसबुक अकाउण्ट कसैले खोल्यो भने तत्काल तपाईंलाई म्यासेन्जरमा वा ईमेलमा नोटिफिकेसन आउँछ ।यो फिचर प्रयोग गर्नका लागि अघिकै ‘सेटिङ अप एक्स्ट्र सेक्युरिटीमा गेट अलर्ट अबाउट अनरिकग्नाइज्ड लगईन’ मा जानुहोस् । र त्यहाँ इमेल आईडी, म्यासेञ्जर वा फेसबुक, कुनमा नोटिफिकेसन पाउन चाहनुहुन्छ, त्यसलाई छनौट गर्नुहोस् । हामी चाहिँ यहाँनिर सबै अप्सन छनौट गर्न सुझाव दिन्छौँ ।

५. जहाँ तपाईंको फेसबुक लगईन छ
तपाईंको फेसबुक अरु कसैले चलाइरहेको त छैन ? यसबारे ढुक्क हुन चाहनुहुन्छ भने फेसबुकले त्यसको विकल्प पनि दिएको छ । यसका लागि सुरुमा फेसबुकको सेटिङमा जानुहोस् । अब सेक्युरिटी एण्ड लगईनमा गएर ‘ह्वेर यू आर लग्ड ईन’मा तपाईंले आफ्नो फेसबुक अन्यत्र कसैले चलाइरहेको छ वा छैन भन्ने कुरा हेर्न सक्नुहुन्छ । यदि कसैले चलाईरहेको रहेछ वा कतै लगईन छ भने छेउमा रहेको तीन ओटा थोप्लामा थिचेर लगआउट गर्न सक्नुहुन्छ । यदि तपाईंलाई त्यो डिभाइसको बारे अझ धेरै जानकारी लिनु छ भने ‘सेक्योर अकाउण्ट’मा गएर हेर्न सक्नुहुन्छ ।

६. अनलिंक सर्च इन्जिन
फेसबुक अकाउण्ट सुरक्षित राख्नका लागि अर्को ध्यानमा राख्नुपर्ने महत्वपुर्ण कुरा चाहिँ सर्च इन्जिनहरु तपाईंको प्रोफाइलसँग लिंक भएका हुनसक्छन् । त्यसो हुन नदिनेतर्फ ध्यान दिनुहोस् ।यदि लिंक भएका छन् भने आफ्नो फेसबुकको सेटिङमा जानुहोस् । त्यहाँ रहेको प्राइभेसी सेटिङ भन्ने अप्सन थिच्नुहोस् । र स्क्रोल गरेर अन्तिममा जानुहोस् । अन्तिम अप्सन ‘अलाउ सर्च इन्जिन आउटसाइड अफ फेसबुक टु लिंक टु योर प्रोफाइल’ मा इनेबल छ भने डिसेबल गर्नुहोस् ।

७. व्यक्तिगत जानकारीमाथि नियन्त्रण
अब अघिको स्थानबाट पछाडि फर्किनु भयो भने प्राइभेसी सेटिङमै क-कसले तपाईंको फ्रेन्ड्स लिस्ट, ईमेल एड्रेस, र फोन नम्बर हेर्न सक्छ भनेर त्यसको जानकारी दिइएको हुन्छ । पालैपालो यी तीनै अप्सनमा थिचेर अन्ली मी अप्सन छनौट गर्नुहोस् । यति गरेपछि तपाईंको फेसबुकको फ्रेन्ड लिस्ट, तपाईंको फोन नम्बर र ईमेल आईडी अरुले हेर्न पाउने छैन ।

८. फेस रिकग्निसन
तपाईंको साथीले फोटो पोस्ट गर्दा कहिलेकाहिँ फेसबुकले तपाईंको अनुहार चिनेर आफै ट्याग गरिदिन्छ । यसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने फेसबुकको सेटिङमा जानुहोस् र त्यहाँ रहेको प्राइभेसीको दोश्रो विकल्प ‘फेस रिकग्निशन’मा प्रवेश गर्नुहोस् । अब ‘कन्टिन्यु’ थिच्नुहोस् र टर्न अफमा जानुहोस् । यति गरेपछि अब फेसबुकमा अरुले तपाईंको फोटो पोस्ट गर्दा आफै ट्याग हुने झञ्जटबाट छुट्कारा पाउन सक्नुहुनेछ ।

९. थर्ड पार्टी एप
फेसबुकबाट हामीले विभिन्न थर्ड पार्ट एपहरु प्रयोग गरिरहेका हुन्छौँ । तर तपाईं हामी मध्ये धरैलाई फेसबुक नै चलाइरहेको जस्तो लागिरहेको हुन्छ । तपाईंको अनुहारलाई बुढो देखाउने, भविष्य बताइदिने, तपाईंलाई सबैभन्दा धेरै माया गर्ने मान्छेको नाम भनिदिने, र यस्तै किसिमका अनेक आकर्सक क्याप्सन राखेर अनेकौं थर्डपार्टी एपहरुले तपाईंलाई प्रयोग गर्न लोभ्याइरहेका हुन्छन् ।त्यस्ता एपहरुबाट तपाईंको फेसबुक ह्याक हुन सक्ने सम्भावना पनि रहन्छ । र तपाईंको महत्वुर्ण अनि एकदमै गोप्य डेटा पनि लिनसक्छ । त्यसैले सकेसम्म त्यस किसिमका एपहरु प्रयोग गर्दै नगर्नुहोस् ।

१०. फेसबुकसँग भएको जानकारी
फेसबुकले तपाईंको महत्वपुर्ण सूचना र जानकारी सेभ गरेर राखेको हुन्छ, भन्ने बारेमा त तपाईं जानकार नै हुनुहुन्छ होला । तपाईंको कुन कुन डेटा फेसबुकले सेभ गरेको छ, भनेर तपाईं आफैंले पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि सेटिङमा जानुहोस् । र त्यहाँ अलि तल रहेको ‘योर फेसबुक इन्फरमेस’ छ । त्यसको पाँचौ विकल्प “डाउनलोड योर इन्फरमेसन’ छनौंट गर्नुहोस् । त्यहाँ सबैभन्दा तल ‘क्रियट फायल’ अप्सनमा जानुहोस् । यति गरेपछि फेसबुकमा तपाईंको अनुरोध जान्छ । फायल तयार भएपछि फेसबुकले तपाईंलाई जानकारी दिन्छ र त्यसलाई डाउनलोड गरेर ‍फेसबुकसँग रहेको आफ्नो डेटा हेर्न सक्नुहुन्छ । फेसबुकमाथि बेलाबखत प्रयोगकर्ताका यस्ता डाटा बिक्री गरेको आरोपको सामना गर्दै आएको छ । तपाईं यस किसिमको आफ्नो डेटा फेसबुकसँग नरहोस् भन्ने चाहनुहुन्छ भने प्रयोग गर्न बन्द गर्नु सिवाय हाललाई अर्को विकल्प छैन ।

अन्त्यमा
यसरी तपाईं आफ्नो फेसबुक अकाउण्टलाई सुरक्षित राख्न तथा सुरक्षित रुपमा चलाउन सक्नुहुन्छ । तर, यति गर्दैमा फेसबुक पूर्णतः सुरक्षित हुन्छ भनेर ढुक्क भने नहुनुहोस् । फेसबुक लगईन गरेपछि लगआउट गर्न कहिल्यै पनि नबिर्सिनुहोस् ।

Tags: फेसबुक ह्याक

सम्बन्धित समाचार

भारतीय पूर्व स्टार प्रभाकर राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

भारतीय पूर्व स्टार प्रभाकर राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त

चर्चित यी दुई मोडललाई १५ वर्षको जेल सजाय

चर्चित यी दुई मोडललाई १५ वर्षको जेल सजाय

काँग्रेसको जनकपुरधाम नगर समिति भंग !

काँग्रेसको जनकपुरधाम नगर समिति भंग !

‘आइइसी डिजाइनर रनवे ११’मा ६१ डिजाइनरका फेसन प्रदर्शन

‘आइइसी डिजाइनर रनवे ११’मा ६१ डिजाइनरका फेसन प्रदर्शन

‘सनम तेरी कसम’का हिरो हर्षवर्धन नेपालमा

‘सनम तेरी कसम’का हिरो हर्षवर्धन नेपालमा

आज मंगलबार : गणेश भगवानलाई कसरी खुसी बनाउने ?

आज मंगलबार : भगवान गणेशको पूजा गर्नुहोस्

ताजा समाचार

प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध