सिडिओ रामकुमार महतोको नामबाट रकम असुली !


टुडेखोज, जनकपुरधाम : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतोको नामबाट फेक फेसबुक अकाउण्ट बनाएर अपरिचित व्यक्ति रकम उठाइरहेको खुलेको छ ।

सिडिओ महतोले आफ्नो फेसबुकमा स्टाटस लेखेर सो कुराको जानकारी गराएका हुन् । उनले आफ्नो तस्विर राखेर अज्ञात व्यक्तिले नक्कली फेसबुक अकाउन्ट खोलेको र उक्त आइडीबाट विभिन्न व्यक्तिसँग रकम मागेको समेत जानकारीमा आएको बताएका छन् ।

उनले नक्कली आइडीलाई ब्लक गर्नु, फ्रेन्ड रिक्वेष्ट आएमा एसेप्ट नगर्न, अस्वाभाविक व्यवहार देखाएमा भ्रममा नपर्न अनुरोध पनि गरेका छन् । उक्त नक्कली अकाउण्ट सम्बन्धमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको पनि उनले जानकारी दिए ।

प्रकाशित : २०७८ असार १२, शनिबार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ