राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध आन्दोलन गर्नेलाई प्रतिबाद गर्न निर्देशन


टुडेखोज, जनकपुरधाम : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध आन्दोलन गर्नेलाई राष्ट्रिय युवा संघ नेपालले प्रतिकबाद गर्ने भएको छ ।

राष्ट्रिय यूवा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष संजिव झा ‘सुरज’ले राष्ट्रपति र प्रधानमन्त्रीविरद्ध आन्दोलन गर्नेलाई प्रतिबाद गर्न निर्देशन दिएका हुन् । संसद विघटनविरुद्ध प्रतिपक्षी दलका यूवाहरुले आन्दोलनको घोषणा गरेपछि उनले प्रतिबाद गर्न युवा संघसँग आवद्ध युवाहरुलाई निर्देशन दिएको बुझिएको छ ।

उनले सामाजिक सञ्जाला लेखेका छन्, ‘राष्ट्रपति र प्रधानमन्त्रीबिरुद्द कुनै पनि कार्यक्रम गर्यो भन्ने खुलेर प्रतीबाद गर्न प्रदेश २ को राष्ट्रय युवा संघ नेपाललाई निर्देशन गरिन्छ ।’

प्रकाशित : २०७८ असार १२, शनिबार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ