लोकतन्त्र रक्षा गर्न कांग्रेसको स्थापना भएको हो : गच्छदार


काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले लोकतन्त्र रक्षा गर्न कांग्रेसको स्थापना भएको बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आज आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तरक्रियामा उनले लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । ‘शीर्ष नेताहरुको गल्तीका कारण लोकतन्त्र कमजोर हुँदै गएको छ, यसको रक्षाका लागि कांग्रेसले अग्रसरता लिनुपर्छ’, उनले भने ।

संविधान र लोकतन्त्रको रक्षाका लागि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकलाई कांग्रेस पार्टीसँग एकता गरेको पनि उनले बताए । पार्टीको १४ औँ महाधिवेशनमा कांग्रेसभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित : २०७८ असार १३, आईतवार ११:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ