धनुषा : लुटपाटसंगै बला-त्कार गरेको घटनाका आरोपी साह जेल चलान


धनुषा : जिल्ला अदालत धनुषाले सामूहिक बला-त्कार घटनाका आरोपी धनुषाधाम नगरपालिका २ काशीपुरका २८ वर्षीय श्याम साहलाई पूर्पक्षका लागि जे-ल चलान गरेको छ ।

न्यायाधीश ध्रुवप्रसाद वाँस्कोटाको एकल इजलाशले साहलाई सुनसरीस्थित झुम्का कारागार चलान गरेको हो । गत जेठ १६ गते घरमा लुटपाटसंगै अन्दाजी २५ वर्षीया महिलालाई बला-त्कार गरेको घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय धनुषाधामले साहलाई गत जेठ १७ गते पक्राउ गरेको थियो ।

जरबजस्ती कर-णी र डाँका मुद्दामा अदालतमा भएको थुनछेक बहसबाट उनलाई थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : २०७८ असार १५, मंगलवार १८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ