जनकपुरमा आज विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थीहरुले -याली निकाल्दै


जनकपुरधाम : विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थी संगठनहरुले आज पनि जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमंत्री केपीशर्मा ओलीको कदमविरूद्ध आन्दोलन गर्ने भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र नेकपा माओवादी केन्द्रका यूवा तथा विद्यार्थीहरुले जनकपुरमा विरोध -याली निकाल्न लागेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको असंवैधानिक, अलोकतान्त्रिक, असक्षम राजकार्य, भ्रष्टाचार, तानाशाही विरुद्ध दिउसो ३ बजे जनकपुर रेल्वे स्टेसनबाट -याली निस्किने जसपा यूवा नेता बलिराम कापरीले जानकारी दिए ।

यस अघि जनकपुरमा विपक्षी गठबन्धनका यूवा तथा विद्यार्थीहरुले -याली निकाल्दा नेकपा एमालेका यूवाहरु बिथोल्ने प्रयास गरेको थियो ।

प्रकाशित : २०७८ असार १६, बुधबार ०९:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ