सिरहामा ट्याक्टर दुर्घटना, २२ वर्षीय चालकको मृत्यु


लहान : सिरहामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यू भएको छ । स. १ त. ३९७२ नम्वरको ट्याक्टर पल्टिदा सिरहा नगरपालिका १६ का २२ वर्षी सुरज गोइतको मृत्यू भएको हो ।

दुर्घटना गएराति सिरहा नगरपालिका १३ स्थित सडकमा भएको छ । प्रहरीका अनुसार चालक गोइत आफैले ट्याक्टर चलाउँदै थिए । अनियन्त्रित भई ट्याक्टर पल्टिदा किचिएर उनको मृत्यू भएको छ ।

प्रकाशित : २०७८ असार १६, बुधबार १०:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ