नेपालमा पनि बढ्दै कालो ढुसीका विरामीहरु


काठमाडौं : नेपालमा पनि कालो ढुसीका विरामीहरु बढ्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मात्रै १३ जना कालो ढुसीका बिरामी उपचारका लागि भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । भर्ना भएका मध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ । समयमै अस्पतालमा नपुग्दा धेरैजना बिरामीमा जटिलता हुनसक्ने र आँखा नै नदेख्ने हुने गरेको चिकित्सकहरुको भनाई छ ।

कालो ढुसी भएका १ जनाले ज्यान गुमाएका छन् भने दुईजनाको आँखा निकालिएको छ । कालो ढुसीका बिरामीलाई दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव देखिएको छ । एम्फोटेरिसिन बीलाई भारतले निर्यात प्रतिबन्धित औषधिको सूचीमा राखेको छ ।

स्वास्थ्य मन्त्रालयले कालो ढुसीका बिरामीका लागि भन्दै विश्व स्वास्थ्य संगठनसँग ३ हजार भाइल पठाउन आग्रह गरेको थियो । तर, सहजरुपमा उपलब्ध नभएको भन्दै डब्लुएचओले जवाफ दिएको छ ।

प्रकाशित : २०७८ असार १६, बुधबार १३:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ