रौतहट : बागमती नदिले पार ग-यो खतराको सतह, सतर्क रहन अनुरोध


रौतहट : बागमती नदिले खतराको सतह पार गरेपछि सो क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ । लगातारको वर्षाले रौतहटको पूर्वी भेगमा रहेको बागमती नदिमा पानीको सतह बढेको हो ।

बुधबार बिहान नदीको सतह ५ सय ३० मि. लि. रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । ‘सामान्य त बागमती नदिमा ५ सय मि. लि. खतरको लेभल हो,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज बिहान बागमती नदिको लेभल ५ सय ३० मि।लि। छ । त्यसैले सबैजना सचेत हुन अत्यावश्यक छ ।’

उनका अनुसार नदिमा पानीको सतह बढेपनि नदि छेउमा रहेका बाँधको सतहभन्दा कम रहेकाले तत्काल बाढी गाउँपस्ने जोखिम छैन । तटिय क्षेत्रका मानिसहरुलाई नदि छेउमा नजान सर्तक गराउँदै सचेत भएर बस्न उनको आग्रह छ ।

लगातारको वर्षासँगै जिल्लका बागमती, लालवकैया, चाँदी, झाँझ नदिहरुमा पानीले सतह बढेकाले तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।बागमती र लालबकैया नदिमा आउने बाढीको कारण वर्षेनी दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, गौर नगरपालिका, वौद्धिमाई नगरपालिका लगायतका स्थानिय तहहरुका दर्जनौ गाउँहरु वर्षेनी प्रभावित हुने गरेका छन् ।

प्रकाशित : २०७८ असार १६, बुधबार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ