जनकपुरमा प्रधानमन्त्री ओलीलाई कुकुर भन्दै पुत्ला जलाइयो


जनकपुरधाम : जनकपुरमा विपक्षी नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव समूहका विद्यार्थी र यूवाहरुले आज प्रधानमन्त्री केपीशर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लगाएका छन् ।

जनकपुरको जनक चोकबाट निकालेको विरोध र्यालीमा सहभागी विपक्षी दलका विद्यार्थी र यूवाहरुले प्रधानमन्त्रीलाई कुकुरको संज्ञा दिँदै जुत्ताले हान्नुपर्ने जस्ता नारा लगाएका हुन् । कोणसभाका लागि र्याली जनकचोक पुगेलगत्तै प्रहरीको आँखा छलेर प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाइएको छ ।

विपक्षी गठबन्धनका विद्यार्थी र युवाहरुको विरोध र्याली नेकपा एमालेका युवाहरुले विथोल्ने हल्ला चलेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित : २०७८ असार १६, बुधबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ