सिरहामा पूर्व गाविस उपाध्यक्षसहित ५० जना जसपामा प्रवेश


सिरहा : पुर्ब गाबिस उपाध्यक्ष सहित काङ्ग्रेस र माओबादी परित्याग गरि ५० जना नेता कार्यकर्ता आज जसपा प्रबेश गरेका छन् ।

जिल्ला अध्यक्ष अशोक यादब को अध्यक्षतामा बिष्णुपुर गापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एब मुख्यमन्त्री लालबाबु राउतले नवप्रबेशी हरुलाई अबिर माला लगाएर पार्टी प्रबेश गराउनु भएको हो । नवप्रबेशीहरुमा तत्कालीन राजपुर गाबिस का उपाध्यक्ष एब माओबादी नेता अशेश्वर यादव, काङ्ग्रेसका स्थानीय नेता राम असिश यादव , पाण्डव यादव, बिजय यादव लगायतका रहेका छन् ।

कार्यक्रममा पुर्बमन्त्री सत्रुधन प्रसाद सिङ्ह, जसपाका केन्द्रिय सदस्य अशेश्वर प्रसाद यादव, चन्देश्वर पासवान, बौद्धिक पेशाकर्मी महासङ्घका उपाध्यक्ष जितेन्द्र यादव, जसपा प्रदेश कमिटीका सदस्य विश्णु साह, शाहिदा खातुन, विणा शर्मा, त्रिपूरा झा सहितको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७८ असार १६, बुधबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ