आजदेखि आन्तरिक उडान सुरु, जनकपुरबाट दैनिक तीन फ्लाइट


टुडेखोज, जनकपुरधाम : कोरोनाका कारण लामो समयदेखि ठप्प आन्तरिक उडान आजबाट सुरु भएको छ । अब जनकपुर–काठमाडौं नियमित उडान पनि सुरु भएको हो ।

आजबाट जनकपुर–काठमाडौं नियमित हवाई उडान सेवा सुरु भएको बुद्ध एयरका स्टेशन म्यानेजर विजय प्रसाद सिंहले बताए । जनकपुर–काठमाडौं एटिआर ७२ को दैनिक तीनवटा नियमित उडान हुन्छ– उनले भने ।

उनका अनुसार जनकपुरबाट पहिलो १०ः २०, दोस्रो १२ः५० र तेस्रो ५ः५० बजे नियमित उडान हुनेछ । यस्तै काठमाडौंबाट पहिलो ०९ः ४० बजे, दोस्रो १२ः १० र तेस्रो ०५ः १० बजे नियमति उडान संचालन हुनेछ ।

सरकारले जारी गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण समबन्धी मापदण्ड पालना गरी उडान सञ्चालन गर्नुपर्छ ।

प्रकाशित : २०७८ असार १७, बिहीबार ०८:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ