बाढीले पुल भत्कायो, पूर्व-पश्चिम राजमार्ग अबरुद्ध


जनकपुरधाम : लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ । यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ ।

पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ । उक्त पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो । अहिले लदरी खोलो पूर्व-पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन् ।

खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन् । बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन् । यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ ।

यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन् । त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ ।

प्रकाशित : २०७८ असार १७, बिहीबार १३:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ