धनुषा : कमला नदीको बाढीमा फसेका ३ जनाको उद्धार


जनकपुरधाम : कमला नदीमा आएको बाढीमा फसेका दुई पुरुष र एक महिलालाई धनुषाका सुरक्षाकर्मीले उद्धार गरेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ७ का २७ वर्षीय संजय चौधरी, सोही ठाउँका ५६ वर्षीय गणपत यादव र ३५ वर्षीया सितादेवी यादवलाई सुरक्षाकर्मीले उद्धार गरेको हो । उनीहरुलाई उद्धार गर्न ईलाका प्रहरी कार्यालय ढल्केबर, श्रीनाथ गण महेन्द्रनगर, दंगा नियन्त्रण प्रहरी गण ढल्केवर, सशस्त्र प्रहरी बेश क्याम्पस रघुनाथपुरको संयुक्त टोली परिचालन भएको थियो ।

‘बगरमा लगाएको तरकारी खेती रुग्न उनीहरु हिजो बेलुका नै त्यहाँ पुगेको थियो’, ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले भने, ‘राति अचानक बाढी आयो । बसेको दुबैतीर नदी बग्न थालेपछि उनीहरु बीचमै फसकेको थियो ।’

कमला नदीमा बाढी आएपछि बुधवार दिउँसो सिरहाको कर्जन्हास्थित तीन जनालाई सिरहाका सुरक्षाकर्मीले उद्धार गरेको थियो । सिरहा प्रशासनले नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन माइकिङ गराएको छ ।

प्रकाशित : २०७८ असार १७, बिहीबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ