बाढीले एम्बुलेन्स बगायो : बिरामीको मृत्यु, चालक र आफन्त भागेर ज्यान बचाए


पोखरा : कास्कीको मादी गाउँपालिका ९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारी बिहीबार सिकिस्त बिरामी परिन् । उनका घरका अन्य सदस्य कोरोना संक्रमित भएकाले उनलाई पनि कोरोनाको आशंका गरियो । बिरामी अधिकारीलाई उपचार गर्न एम्बुलेन्समा राखेर पोखरा ल्याइँदै थियो ।

बिहानैदेखि पानी परिरहेको थियो, बाटोमा खहरे खोला उर्लिएपछि एम्बुलेन्स रोकियो । हेर्दाहेदै खहरेमा लेदोसहित आएको बाढीले एम्बुलेन्स बगाइदियो । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’का अनुुसार एम्बुलेन्स चालक सुवास अधिकारी र बिरामीका आफन्त भागेर ज्यान जोगाए ।

बिरामीलाई एम्बुलेन्सबाट निकाल्दानिकाल्दै मृत्यु भएको अध्यक्ष गुरूङले बताए । उक्त स्थान निर्माणधीन मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ । लोकमार्ग बनाउँदा बाटो हिलो र चिप्लो भएकाले पनि एम्बुलेन्स बगाएकोे अध्यक्ष गुरूङले बताए । – सेतोपाटी

प्रकाशित : २०७८ असार १७, बिहीबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ