प्रदेश प्रहरीको सफलता : जनकपुरबाटै लाखौंको इयरफोन र डाटा केवल बरामद


जनकपुरधाम : प्रदेश प्रहरीको टोलीले जनकपुरधामको पुलचोक नजिकैबाट लाखौं मुल्य बराबरको डाटा केवल र इयरफोनसंगै मोटरसाइकल बरामद गरेको छ ।

भारतीय बजारबाट भन्सार छलेर डाटा केवल र इयरफोन ल्याइरहेको कुरा थाहा पाएपछि प्रदेश प्रहरीले स १२ प १५० नम्बरको अपाचे मोटरसाइकललाई लखेटेको थियो । सो कुरा थाहा पाएपछि तस्कर मोटरसाइकल र समान छाडेर भागेका थिए ।

तस्कर भागेपछि मोटरसाइकल नियन्त्रणमा लिंदा बरामद भएको इयरफोन र डाटा केवल करिब साढे तीन लाख मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार ०९:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ