कमला नदीको बाढीले उर्वर भूमि बन्यो बगर


सिन्धुली : सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका क्षेत्रका नदी तटीय क्षेत्रका उर्वर भूमिहरु बगरमा परिणत हुन थालेका छन् ।

जिल्लाको कमलाखोच क्षेत्रका उर्वरभूमिलाई जोगाउन सरकारले कुनै चासो नराख्दा वर्षेनी नदीले कटान गर्दे आएको छ । लगातार तीन दिनदेखिको बाढीले कमलामाई नगरपालिकाको करकरे, भिमान, रानीबास र दुधौलीको डकाहा, निपाने, हर्षाही, टाँडी र दुधौली क्षेत्रमा २ सय हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ ।

जिल्ला दैवी प्रकोप उद्दार समितिले तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । कमला नदीले सिरहा र धनुषामा पनि तटबन्ध भत्काउने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार ०९:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ