प्रदेश २ : खेतमा काम गरिरहेका किसानको हात्तीले ज्यान लियो


जनकपुरधाम : जंगली हात्तीले बारामा एक पुरुषको ज्यान लिएको छ । कलैया उपमहानगरपालिका २ अवधापुरका ४५ वर्षीय रामदेव पटेलको हात्तीले ज्यान लिएको हो ।

आज बिहान साढे ८ बजेतिर खेतमा काम गर्न गएका बेला पटेललाई हात्तीले सुडले आक्रमण गरी घाईते बनाएको थियो । बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार घाईते पटेलको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा ज्यान गएको छ ।

धान रोप्नका लागि खेतको आली मिलाउँदै गरेका बेला पटेललाई खेतछेउको उखुबारीबाट अचानक निस्केको हात्तीले आक्रमण गरेको थियो ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १०:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ