ट्रकमाथि नै पहिरो खसेपछि…


चितवन : नारायणघाट- मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो ।

आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले एकको एक छेउ पुरेको छ । पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ । पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पुर्‍याएको छ ।

बिहीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन् । अवरूद्ध सडक खुलाउन सडक विभाग, प्रहरी र प्रशासन लागिपरेको छ । पानी परिरहेकोले चारकिलो, पाँचकिलो र दासढुंगालगायत ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

पहिरो हटाउँदै सडक सुचारू गर्ने काम भइरहेको सेतोपाटीले समाचार लेखेको छ ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ