Breaking- जसपाबाट राज्यमन्त्री बनेकी सुमनद्वारा राजीनामा, ओली र ठाकुरलाई झट्का


भैरहवा : जनता समाजवादी पार्टीका लुम्बनी प्रदेशसभा सदस्य एवं लुम्बनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री पदबाद सुमन शर्मा रायमाझीले राजीनामा गरेकी छिन् ।

जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर समूहको उस्काहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै राजिनामा दिएकी छिन् । शर्माको राजिनामाले प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद सोच, शंकर पोखरेल नेतृत्वको लुम्वनी सरकार र जसपा महन्थ ठाकुर पक्षलाई ठूलो झट्का लागेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रलोभनमा परि पार्टी निर्णय विपरित गएकाहरु चाँडै घर फर्किने घोषणा गरेलगतै सुमनको राजिनामा आएको हो । जसपाको आधिकारिकता सम्बन्धि विवाद निर्वाचन आयोगमा रहकै बेला ठाकुर महतो समूहका नेता कार्यकर्ताहरु संस्थानपक्षमा आउन थालेका छन् ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १४:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ