चुनावका लागि ७ अर्ब ७२ करोडसम्म खर्च गर्न सहमति


काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ ।

निर्वाचन सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रबार पहिलो चरण र मङ्सिर ३ गते शुक्रबार दोस्रो चरण गरी सरकारले दुई चरणमा चुनाव गर्ने घोषणा गरेको छ ।

सो निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिइने अर्थ मन्त्रालयले जनाएको छ । चुनावका विरुद्धमा परेको रिटमा भने अहिले सर्वोच्च अदालतमा बहस जारी रहेको छ ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ