प्रदेश २ को नीति आयोगमा सिरहाका महतो र धनुषाकी सिंह नियुक्त


जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिला सहित दुई सदस्य नियुक्त गरेको छ ।

सिरहाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंहलाई आज आयोगको सदस्यमा नियुक्त गरिएको हो । नवनियुक्त दुबै जनालाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।

आयोगको उपाध्यक्षमा डा. भागेन्द्र झालाई नियूक्त गरिएपनि सदस्य विहिन थियो ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार १९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ