लहानका यि अस्पतालले सुरेशलाई किन बन्धक बनाए ?


सिरहा : उपचार गराएर पैसा नतिरेको भन्दै बन्धक बनाएर राखेका सुरेश मुखियालाई लिला मदन पोलिक्लिनिक एन्ड प्रसूति गृहले डिस्चार्ज दिएको छ । उपचार गरेको पैसा नदिएको भन्दै बिरामीलाई क्लिनिकले बन्दक बनाएपछि आफन्तले अन्यायमा परेको भन्दै विभिन्न निकायमा पहल गरिदिन आग्रह गरेका थिए ।

जनरल बेडमा राखेर २ हप्तासम्म उपचार गराएको क्लिनिकले बिरामीका आफन्तलाई सवा ५ लाखको सादा बिल भिराएको थियो । यो विषयको समाचार प्रकाशित भएलगत्तै इलाका प्रहरी कार्यालय लहानले घटनाबारे चासो देखाउँदै क्लिनिकमा पुगेर सुरेशको अवस्थाबारे बुझेको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालले अस्पतालमा पुगेर सुरेशको अवस्थाबारे बुझेको र छलफलका लागि दुवै पक्षलाई डाकेको जानकारी दिए । उनले भने, ‘हामीले दुवै पक्षलाई भोलि बिहान १० बजे बोलाएका छौँ । घटनाका विषयमा छलफल गरेर के गर्न सकिन्छ पहल गर्छौं ।’

प्रहरी अधिकारी पुग्दा क्लिनिक सञ्चालक डा. दिलीपकुमार साहले सरेशको घटनाबारे धेरै कुरा खुलाउन चाहेनन् । तर, प्रहरी क्लिनिकबाट बाहिरिएलगत्तै प्रशासनले सुरेशलाई डिस्चार्ज दिएको बिरामीका आफन्तले बताए । बिरामीका आफन्त विजय मुखियाका अनुसार अस्पताल प्रशासनले यस विषयमा भोलि कुरा गरेर अगाडि के गर्ने भन्ने निचोडमा पुग्ने भन्दै जान दिएका छन् ।

प्रकाशित : २०७८ असार १८, शुक्रबार २१:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ