महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष फारुकको पद पनि जोगियो


जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकको पद पनि जोगिएको छ । उनी निर्वाचित माओवादी केन्द्रले गरेको सिफारिस अनुसार निर्वाचन आयोगले पदमुक्तको सूचना निकालेको थियो ।

तर अध्यक्षबाट पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार अन्तरिम आदेश दिएपछि फारुकको पद जोगियो । न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले शुक्रबार फारुकको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको बुझिएको छ ।

प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुख/अध्यक्ष भएको र उनले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेशमा भनिएको छ ।

नेकपा माओवादी केन्द्रले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । आयोगले सोही पत्रका आधारमा असार ११ मा फारुकसहित १४ जनप्रतिनिधी पदमुक्त भएको सूचना निकालेको थियो ।

प्रकाशित : २०७८ असार १९, शनिबार ०५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ