प्रदेश २ र बागमतीमा धेरै भारी वर्षा : नदीमा बाढी, डुबानमा बस्ती !


काठमाडौं : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेको र हाल देशको तराई/मधेस भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । वर्षाले प्रदेश २ का विभिन्न स्थानका हजारौं घर डुबानमा परेका छन् । नदीहरुमा बाढी आएको छ । महाशाखाका अनुसार आजको मौसम पूर्वानुमान यस्तो छ-

आज दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानमा धेरै भारि वर्षाको समेत सम्भावना रहेको छ ।

राति: प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, र गण्डकी प्रदेशका एक दुइ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित : २०७८ असार १९, शनिबार ०७:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ