जनकपुरमा मुसलाधारे वर्षा, पसलमा पनि पस्यो पानी


जनकपुरधाम : शुक्रबार रातिदेखि नै जनकपुरधाममा मुसलाधारे वर्षा भइरहेको छ । वर्षाको पानीले सडकहरुमा पानी जमेको हो ।

पानी निकास हुन नसक्दा भानु चोकको कतिपय पसलमा समेत पानी पसेको छ । प्रादेशिक अस्पताल र जिल्ला प्रशासन कार्यालयमा एकफिट बढी पानी जमेको देखिन्छ । वर्षाले बजारका अधिकांश पसलहरु खुलेका छैन् ।

जारी वर्षाले तराई मधेसका नदीनालामा ठूलो बाढी आउने जोखिम बढेको छ । बाढीबाट जोगिन नदी आसपासका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित : २०७८ असार १९, शनिबार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ