रौतहटमा जङ्गली हात्ती गाउँ पसे, दुई घर भत्कायो


गौर : रौतहटको चार गाउँमा जङ्गली हातीको प्रवेशले स्थानीय त्रसित बनेका छन् ।

शनिबार बिहान जङ्गलबाट करिब ३० किलोमिटर दक्षिणको गरुडा नगरपालिकाको शिवनगर, देवाहीगोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिकाको सखुअवा र मिठुअवा सहितको गाउँमा जङ्गली हातीको प्रवेश गरेपछि स्थानीय डराएका हुन् ।

हाती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोली खटिए पनि नियन्त्रणमा लिन सकिएको छैन । जङ्गली हातीले गरुडा नगरपालिकाको शिवनगर र माधवनारायण नगरपालिको मिठुअवामा दुई घर भत्काएको छ ।

स्थानीयको धानको भकारी जङ्गली हातीले भत्काएको छ । अविरल वर्षा भएसँगै जङ्गली हाती गाउँ पसेको हो । यसअघि महोत्तरीका केहि स्थानमा पनि हात्ती पसेर घरहरु भत्काएको थियो ।

प्रकाशित : २०७८ असार १९, शनिबार १५:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ