जनकपुरबाट एक पक्राउ


जनकपुरधाम । धनुषा प्रहरीले गाँ-जासहित एक युवकलाई घरबाटै पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाका सई रामरेश यादव नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

आफ्नै घरमा गाँ-जा लुकाएर राखेको गोप्य सूचना पाएपछि शुक्रबार राति घरबाटै महासेठलाई पक्राउ गरिएको छ । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँ-जा बरामद भएको बताइएको छ ।

महासेठ यसअघि पनि दुई पटक पक्राउ परेर मुद्दा झेलेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । २०७४ साउन १५ गते पनि १ किलो गाँ-जासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए ।

त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँ-जासहित पक्राउ परेका थिए । उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार १९, शनिबार १८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ