११ वर्षमा तयार हुन लागेको त्रियुगा पुल पनि बाढीले बगायो


उदयपुर : दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीले त्रियुगा नदीमा ११ वर्षदेखि निर्माणाधीन चौदण्डीगढी–बेल्हा जोड्ने मोटरेबल पुल भत्काइदिएको छ ।सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।

२०६७ साल देखि निर्माण सुरु भएको पुल ५ पटक सम्मको म्याद पछि निर्माणको अन्तिम चरणमा पुगेको थियो । ११ करोड २७ लाख रुपैयाँको लागत रहेको पुल गाइघाट–दिक्तेल सडक आयोजना गाइघाट रेखदेखमा निर्माणकार्य भएको हो । पुल भत्किनुमा निर्माण कम्पनीको लापरबाही, कमसल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयको आरोप छ ।

दुई दिन अगाडी मात्र २५ करोडको लागतमा १० वर्षपछि तयार हुन लागेको सिरहा-धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला नदीको पुल पनि भासिएको थियो ।

प्रकाशित : २०७८ असार १९, शनिबार २१:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ